काठमाडौँ
००:००:००
७ पुष २०८२, सोमबार

७ पुष २०८२
सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेल।
अ+
अ-

काठमाडौँ। सरकारले जेन-जी आन्दोलनका क्रममा क्षति भएको राजनीतिक दलका कार्यालयको अनुगमन गर्ने भएको छ। यही ८ पुसमा नेपाली कांग्रेस, नेकपा एमाले र माओवादी केन्द्रलगायत दलका कार्यालय अनुगमन गर्न लागेको सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जानकारी दिए।

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री अनिलकुमार सिन्हा, सञ्चार तथा सूचना प्रविधिमन्त्री खरेल र प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार अजयभद्र खनालसहितको टोलीले क्षतिग्रस्त पार्टी कार्यालय अनुगमन गर्ने जनाइएको छ।

आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनको वातावरण बन्दै गएको अवस्थामा सरकारले सरोकारवाला पक्षसँग वार्ता तथा संवादलाई तीव्रता दिएको छ।