काठमाडौँ। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी ओलीबीच भेटवार्ता भएको छ।
सभापति देउवानिवास महाराजगन्जमा आज (सोमबार) भएको भेटमा समसामयिक राजनीतिक विषयमा कुराकानी भएको देउवाको सचिवालयले जनाएको छ।
भेटमा अध्यक्ष ओलीसँग एमाले महासचिव शंकर पोखरेल पनि सहभागी छन्।
जेन-जी आन्दोलनपछि पहिलोपटक ओली र देउवाबीच ११ मंसिरमा भेट भएको थियो।
