काठमाडौँ। लघुवित्त तथा मिटरब्याजपीडितले आजदेखि काठमाडौंकेन्द्रित आन्दोलन थालेका छन् ।
भूमिअधिकार आन्दोलन, नेपाल लघुवित तथा वित्तीय शोषणविरुद्धको संघर्ष समिति र नेपाल मिटरब्याजविरुद्ध किसान मजदुर आन्दोलनले संयुक्त रुपमा विरोध प्रदर्शन गरेका हुन् ।
उनीहरूले बल्खुदेखि र्याली सुरु गरी त्रिपुरेश्वर, सहिद गेट हुँदै शान्तिवाटिकामा कोण सभा गरिरहेका छन्।
हेर्नुहोस् थप तस्बिर :
