काठमाडौँ। शिक्षामन्त्री महावीर पुनले विदेशमा बस्ने नेपालीहरूले आगामी निर्वाचनमा भोट हाल्न पाउने सम्भावना नरहेको बताएका छन्।
सिंहदरबारमा सोमबार भएको सर्वपक्षीय छलफलपछि उनले विदेशमा बस्ने नेपालीले चुनावमा भोट हाल्ने पाउने छाँट नदेखिएको बताए। बरु विदेशमा बस्ने नेपालीहरूले भोट हाल्न पाउनुपर्ने माग गर्दै अभियान चलाउन भने उनले सुझाए।
“विदेशमा बस्ने नेपालीहरूले चुनावमा भोट दिन पाउने छाँट छैन। अब विदेशमा बस्ने नेपालीहरूले केके अभियान चाल्नुपर्ने हो, तपाईंहरूको आ-आफ्नो क्षेत्रबाट चाल्नुस्। यहाँको सरकारको पनि र यहाँको नेताहरूको पनि ढंग देखिएन‚” बैठकबाट बाहिरिएपछि पत्रकारहरुलाई उनले प्रतिक्रिया दिए।
आजको सर्वपक्षीय बैठकले ठोस निर्णय भने निकाल्न नसकेको उनको भनाइ छ।