काठमाडौँ
००:००:००
७ पुष २०८२, सोमबार

७ पुष २०८२
त्रिभुवन विमानस्थल। फाइल तस्बिर
अ+
अ-

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट लागुऔषध गाँजा तस्करी गर्ने प्रयासमा दुई जना भारतीय नागरिक पक्राउ परेका छन्। प्रहरीले ४ किलो २८४ ग्राम गाँजासहित एक जनालाई नियन्त्रणमा लिएको जनाएको छ।

लागुऔषध नियन्त्रण ब्यूरोका अनुसार ३३ वर्षीय रञ्जित सिंह थाई एयरलाइन्सको उडानमार्फत बैंककबाट काठमाडौं आएका थिए। विमानस्थल सुरक्षा कार्यालय र भन्सार कार्यालयको संयुक्त टोलीले उनको लगेज जाँच गर्ने क्रममा गाँजा फेला पारेपछि पक्राउ गरिएको हो।

त्यसैगरी, उक्त लागुऔषध लिन विमानस्थल पुगेका अर्का भारतीय नागरिक पुनित शर्मालाई पनि अन्तर्राष्ट्रिय आगमन पार्किङ क्षेत्रबाट प्रहरीले नियन्त्रणमा लिएको छ।

पक्राउ परेका दुवै जनालाई थप अनुसन्धान तथा कानुनी कारबाहीका लागि लागुऔषध नियन्त्रण ब्यूरोमा पठाइएको प्रहरीले जनाएको छ।