काठमाडौँ
००:००:००
७ पुष २०८२, सोमबार

७ पुष २०८२
अ+
अ-

काठमाडौँ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विभिन्न देशमा रहेका आफ्ना ३० राजदूतलाई फिर्ता बोलाएका छन्। फिर्ता बोलाइएका राजदूतको सूचीमा नेपालका लागि अमेरिकी राजदूत डिन थम्पसन पनि छन्।

उसो त चीनका राजदूत चेन सोङ पनि बुधबार आफ्नो कार्यकाल पूरा गरी स्वदेश फर्कंदै छन्। शक्तिशाली देशहरूका राजदूतले नेपाल छाड्दै गर्दा तिनका सरकारहरुले नयाँ प्रतिनिधि नेपाल पठाउने तयारी पनि गर्दै छन्।

सन् २०२२ मार्चमा जो बाइडेन प्रशासनद्वारा नेपालका लागि अमेरिकी राजदूतमा नियुक्त थम्पसन पनि फिर्ताको सूचीमा रहेको एसोसिएटेड प्रेसले आफ्नो समाचारमा उल्लेख गरेको छ। यद्यपि यो निर्णयबारे अमेरिकाले आधिकारिक रुपमा नेपाल सरकारलाई जानकारी भने गराएको छैन।

अमेरिकी विदेश नीतिलाई राष्ट्रपति डोनाल्ड ट्रम्पको ‘अमेरिका फर्स्ट’ प्राथमिकताहरूलाई पूर्ण रूपमा समर्थन गर्ने ट्रम्प कर्मचारीद्वारा प्रतिस्थापन गर्न ३० कूटनीतिज्ञलाई फिर्ता बोलाइएको हो।

थम्पसनसँग अमेरिकी कूटनीतिमा २८ वर्षभन्दा बढी अनुभव छ। एसोसिएटेड प्रेसको रिपोर्टअनुसार काठमाडौँबाहेक ट्रम्प प्रशासनले श्रीलंकाका राजदूतलाई पनि फिर्ता बोलाएको छ।