काठमाडौँ
००:००:००
८ पुष २०८२, मंगलवार

८ पुष २०८२
तस्बिर : राष्ट्रपति रामचन्द्र पौडेलको सचिवालय
अ+
अ-

काठमाडौँ। नेपालका लागि चिनियाँ राजदूत छन सोङले राष्ट्रपति रामचन्द्र पौडेलसँग बिदाइ भेट गरेका छन्।

कार्यकाल सकेर स्वदेश फर्किन लागेका राजदूत सोङले आज (मंगलबार) राष्ट्रपतिसँग शीतलनिवासमा बिदाइ भेट गरेको पौडेलको सचिवालयले जनाएको छ।

भेटमा नेपाल र चीनबीचको द्विपक्षीय सम्बन्ध, पारस्परिक हित र चासोका विषयमा कुराकानी भएको जनाइएको छ।

राष्ट्रपति पौडेलको सचिवालयका अनुसार भेटमा नेपाल-चीन सम्बन्धका साथै पारस्परिक हित र चासोका विषयमा छलफल भएको छ।