काठमाडौँ। नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक भोलि (बुधबार) बस्ने भएको छ।
पार्टीको केन्द्रीय कार्यालय सानेपामा दिउँसो १ बजे बस्ने बैठकमा यही २६ देखि २९ पुससम्म तोकिएको १५औँ महाधिवेशन, आगामी ११ माघमा हुने राष्ट्रियसभा निर्वाचन, २१ फागुनमा तोकिएको प्रतिनिधिसभा निर्वाचनलगायत समसामयिक विषयमा छलफल हुने बताइएको छ।
बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यहरुको उपस्थितिका लागि अनुरोध गरिएको मुख्यसचिव कृष्णप्रसाद पौडैलले जानकारी दिए।
