काठमाडौँ
००:००:००
९ पुष २०८२, बुधबार

९ पुष २०८२
राजेन्द्र लिङ्देन र कमल थापा।
अ+
अ-

काठमाडौँ। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालबीच एकता हुने भएको छ।

सामाजिक सञ्जाल फेसबुकमा आज (बुधबार) साँझ स्ट्याटसमार्फत राप्रपा नेपालका अध्यक्ष कमल थापाले पार्टी एकताबारे जानकारी गराएका हुन्। थापाले लेखेका छन्‚ “राष्ट्रिय प्रजातन्त्र पार्टी र राप्रपा नेपालको बीचमा एकता हुने निर्णय भएको सुखद समाचार सबैमा निवेदन गर्दछु।”

उसो त २३ मंसिरमा पार्टीआबद्ध काठमाडौं जिल्लास्तरीय जेन-जी फ्रन्टको भेलामा थापाले केही दिनभित्र ‘खुसीको समाचार’ सुन्न पाइने बताएका थिए।

उनले त्यसबेला भनेका थिए, “सबै अनुकूल भएमा केही दिनभित्र खुसीको समाचार पनि सुन्न पाउनुहुनेछ, सबै एकै ठाउँमा बसी बलियो शक्ति निर्माण गर्नु आजको आवश्यकता हो ।”

पार्टीको महाधिवेशनमा लिङ्देनसँग पराजित भएपछि पूर्वाध्यक्ष थापाले २५ माघ ०७८ मा राप्रपाबाट अलग भएको घोषणा गरेका थिए।

मंसिर २०७८ मा भएको राप्रपाको महाधिवेशनमा थापाले पूर्वराजा ज्ञानेन्द्र शाह र निर्मल निवासले हस्तक्षेप गरेर आफूलाई पराजित गराएको आरोप लगाएका थिए। उनले ७ फागुन ०७८ मा राप्रपा नेपाल गठनको घोषणा गरेका थिए।