काठमाडौँ
००:००:००
१० पुष २०८२, बिहीबार

१० पुष २०८२
तस्बिरहरू : नेपाल फोटो लाइब्रेरी
अ+
अ-

काठमाडौँ। काठमाडौंका मेयर बालेन्द्र (बालेन) शाहसँग वार्ता गरेर राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने बाहिरिएका छन्।

ललितपुरको ज्वागलस्थित मेयर शाहका सहयोगी कुमार बेनको घरमा उनीहरूबीच वार्ता भएको थियो। बालेनसँगको भेटपछि बाहिरिएलगत्तै जेन-जी अगुवा रक्षा बम पनि वार्तास्थलबाट बाहिरिएकी छन्।

वार्तास्थलमा बमलगायत अन्य जेन-जी अगुवा, कलाकार‚ निवर्तमान सांसद अमरेशकुमार सिंहसमेत पुगेका छन्। पत्रकारहरुको पनि भिड लागेको छ।

यो पनि…

रवि-बालेन वार्तामा के कुरा भयो?

वार्तास्थलबाट बाहिरिँदै गर्दा लामिछानेले पत्रकारसँग धेरै कुराकानी गरेनन्। बालेनसँगको वार्तापछि सञ्चारकर्मीले वार्ता के भयो ? भनेर गरेको प्रश्नको जवाफमा लामिछानेले उल्टै प्रतिप्रश्न गरे। उनले भने‚ “मेरो अनुहारले के भन्छ ?” उनले वार्ता राम्रो भएको र बाँकी समयले बताउला भन्दै गाडीमा चढेर बाहिरिए।

बालेन र रविबीचको यो वार्तालाई अर्थपूर्ण रूपमा हेरिएको छ। निकटस्थहरूले यसलाई निर्णायक भन्दै आएका छन्।

हेर्नुहोस् बालेनसँगको वार्तापछि बाहिरिँदै गरेका रवि तथा त्यहाँको चहलपहलका थप तस्बिर :