हरियाली सेयर बजार
पाँच अर्ब ५३ करोड १३ लाख ७० हजार ६१ रुपैयाँको कारोबार
काठमाडौँ। साताको पहिलो कारोबार दिन आज (आइतबार) नेप्से ४७.५५ अंकले बढेको छ। अघिल्लो कारोबार दिन (बुधबार) को दिनको तुलनमा १.८३ प्रतिशतले बढेको नेप्से २६३३.४१ विन्दुमा चढेको छ।
यसैगरी सेन्सिटिभ इन्डेक्स पनि १.८४ अंकले बढेर ४४६.७८ विन्दुमा रोकिएको छ। आज ३२८ कम्पनीको ८९ हजार २५१ पटकको कारोबारमा एक करोड ३४ लाख ६८ हजार १४५ कित्ता सेयर किनबेच भए। जसमा आज पाँच अर्ब ५३ करोड १३ लाख ७० हजार ६१ रुपैयाँको कारोबार भयो। अघिल्लो कारोबार दिन (बुधबार) को तुलनामा आज (आइतबार) कारोबार रकम पनि बढेको हो। गत बुधबार सेयर बजारमा तीन अर्ब २२ करोड ४६ लाख रुपैयाँबराबरको सेयर कारोबार भएको थियो।
नेप्सेमा आज सबै समूहका सूचक हरियाली बनेका छन्। सबैभन्दा बढी निर्जीवन बिमा, उत्पादन तथा प्रशोधन, होटेल तथा पर्यटनलगायतका सूचक बढेका छन्।
जसअनुसार वाणिज्य बैंक समूहको १.६६ प्रतिशत‚ विकास बैंक २.२८‚ फाइनान्स २.७०‚ होटेल तथा पर्यटन १.३८‚ जलविद्युत् १.९८, लगानी १.९९‚ जीवन बिमा १.९२, उत्पादन तथा प्रशोधन १.८९, लघुवित्त १.३८‚ म्युचुअल फन्ड ०.९८‚ निर्जीवन बिमा १.७०‚ अन्य २.५५ तथा व्यापार ०.७२ प्रतिशतले बढे।

नेप्सेमा आइतबार २३८ कम्पनीको मूल्य बढ्दा २१ वटाको घट्यो। जसअनुसार मिड सोलु हाइड्रो पावर लिमिडेडको सेयर मूल्य ९.४९ प्रतिशतले बढ्यो। जसको अन्तिम कारोबार मूल्य ८७४ रुपैयाँ रह्यो। यस्तै विन नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयरमा नेगेटिभ सर्किट लाग्यो। अर्थात विन नेपालको मूल्य १० प्रतिशतले घट्यो। विन नेपालको अन्तिम कारोबार मूल्य १‚६६२ रुपैयाँमा अडियो।
आज सबैभन्दा धेरै युनियन हाइड्रोपावर लिमिटेडको सेयर कारोबार भयो। आज यसको २७ करोड ६० लाख ३५ हजार १९३ रुपैयाँको सेयर कारोबार भएको छ। जसको अन्तिम सेयर मूल्य प्रतिकित्ता ४९० रुपैयाँ कायम रह्यो।