काठमाडौँ
००:००:००
१४ पुष २०८२, सोमबार

प्रधानमन्त्री सुशीला कार्कीको राजीनामा माग्दै निर्वाचन आयोगमा जेनजी अभियन्ताको अवरोध‚ प्रक्रिया रोक्न माग

१४ पुष २०८२
अ+
अ-

काठमाडौँ। निर्वाचन आयोगमा समानुपातिकको सूची बुझाउने क्रम जारी रहेका बेला केही जेन-जी अभियन्ताले नाराबाजीसँगै होहल्ला गरेका छन्।

जेन-जी अभियन्ताहरूले निर्वाचन धोका भएको भन्दै प्रधानमन्त्री सुशीला कार्कीको राजीनामा मागे। उनीहरुले पहिला निकास दिएर मात्र निर्वाचन गर्नुपर्ने र निर्वाचन गर्नका लागि मात्र जेन-जी आन्दोलन नभएको बताएका थिए। उनीहरूले जेन-जी हत्याराहरूलाई कारबाहीको माग पनि गरे।

उनीहरूले ‘निर्वाचन धोका हो’, ‘सुशीला कार्की राजीनामा देऊ’ भन्दै नाराबाजी गरे। केहीबेर नाराबाजी गरेका उनीहरुलाई प्रहरीले आयोग परिसरबाट बाहिर निकालेको थियो। नाराबाजीपछि आयोग परिसरमा सुरक्षा व्यवस्था कडा बनाइएको छ।

हेर्नुहोस् थप तस्बिर :