काठमाडौँ
००:००:००
८ माघ २०८२, बिहीबार

१७ पुष २०८२
अ+
अ-

काठमाडौँ। प्रहरीले गोकर्णेश्वर नगरपालिका ८‚ अत्तरखेलबाट नक्कली नोटसहित ६ जनालाई पक्राउ गरेको छ।

प्रहरीका अनुसार पक्राउ पर्नेमा सिन्धुपाल्चोक बाह्रबिसेका ३२ वर्षीय दावा नोर्बु शेर्पा, सोही ठाउँका ५५ वर्षीय पासाङ शेर्पा, सिन्धुपाल्चोक मेलम्चीका ३२ वर्षीय प्रकाश गुरुङ, सिन्धुपाल्चोक चौतारा साँगाचोकगढीकी ४२ वर्षीया रेणुका भारती, सिन्धुपाल्चोक बलेफीका ६५ वर्षीय गोकर्ण थापा र काठमाडौँ शंखरापुरका ४३ वर्षीय सुकबहादुर स्याङ्बो छन्।

उनीहरूलाई बुधबार राति साढे ९ बजे अत्तरखेल चोकबाट पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता प्रहरी उपरीक्षक पवनकुमार भट्टराईले बताए।

उनीहरूको साथबाट हजार दरका ९३ थान नक्कली नोट बरामद भएको पनि भट्टराईले जानकारी दिए। पक्राउ परेकाले कहाँबाट नक्कली नोट ल्याए भन्नेबारे अनुसन्धान थालिएको प्रहरीको भनाइ छ। नक्कली नोटको कारोबार भइरहेको जानकारी पाएपछि परिसर र वृत्त बौद्धको टोली अत्तरखेल पुगेको थियो।