काठमाडौँ। कर्तव्य ज्यानमुद्दामा २० वर्ष सजाय तोकिएका अभियुक्त पक्राउ परेका छन्। फैसला भएपछि विगत ९ वर्षदेखि फरार भएका व्यक्तिलाई प्रहरीले मोरङबाट पक्राउ गरेको हो।
पक्राउ पर्नेमा मोरङ मिक्लाजुङ गाउँपालिका ५ का ४६ वर्षीय डिगबहादुर राई रहेको मोरङ प्रहरी प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक कोपिला चुँडालले बताइन्।
कर्तव्य ज्यानमुद्दामा राईलाई जिल्ला अदालत मोरङले २७ चैत २०७३ मा २० वर्ष सजाय तोकेको थियो।
घरमै लुकिछिपी बसिरहेको सूचना पाएपछि खटिएको प्रहरीले राईलाई बुधबार पक्राउ गरी अदालतमा बुझाएको छ। अदालतले उनलाई जिल्ला कारागार मोरङ चलान गरेको छ।