जनकपुरधाम। अङ्ग्रेजी नयाँ वर्षको सुरुवातसँगै जनकपुरमा भारतीय पर्यटकको भिडभाड बढेको छ। नयाँ वर्षको सुरुवातमा पूजापाठ गर्नका लागि भारतीय पर्यटकहरू जनकपुर आउने गरेका छन्।
जनकपुर नगरमा अहिले भारतीय गाडीहरू निकै देखिएको छ। खास गरेर भारतको अन्य प्रान्तहरुबाट समेत पर्यटकहरू आएका छन्। सिमावर्ती भारतीय गाउँहरूबाट बिहान पर्यटकहरु आएका छन् भने अन्य ठाउँका पर्यटकहरु राति नै नयाँ वर्ष मनाउन जनकपुर आएका हुन्।जनकपुरधामका होटेल, रेस्टुरेन्ट तथा लजहरू भरिभराउ छन्।
बिहारसँगै राजस्थान, गुजरात, महाराष्ट्र, हरियाणा, दिल्ली, उत्तरप्रदेश, सिमला, उत्तराखण्ड लगायत राज्यबाट हजारौंको संख्यामा पर्यटक आएका छन्। पर्यटकलाई आकर्षित गर्न विभिन्न सांस्कृतिक कार्यक्रम पनि आयोजना गरिएका छन्।
अहिले भारतीय पर्यटकले जनकपुरको होटेलहरू समेत भरिभराउ रहेको छ। भन्सार कार्यालय जनकपुरका अनुसार बिहानैदेखि भारतीय गाडीमा पर्यटकहरू नेपाल आउन थालेको जनाएको छ।
