१७ पुष २०८२
अ+
अ-

काठमाडौँ। स्विट्जरल्यान्डको स्की रिसोर्टमा बिस्फोट भएको छ। बिस्फोटमा परेर १०० जनाभन्दा बढी घाइते भएका छन्। स्थानीय अधिकारीहरूले मृतकको संख्या धेरै रहेको तय गरिए पनि एकिन तथ्यांक थाहा नभएको जनाएका छन्।

बिस्फोटबारे त्यहाँका अधिकारीहरूले जानकारी गराए पनि प्रहरीलाई उद्धृत गर्दै ‘धेरै मानिसको मृत्यु’ भएको बताएका छन्। बीबीसीको समाचारअनुसार रिसोर्टमा भएको बिस्फोटबाट १०० जनाभन्दा बढी घाइते भएका छन्।

“घटनाको कारण र परिस्थितिबारे थप तथ्यका लागि अनुसन्धान भइरहेको छ‚” त्यहाँका प्रहरी उच्चाधिकारी बिट्रेस पिलौडले भने‚ “अहिले यो घटनालाई आगलागी भनिए पनि आक्रमणबारे विस्तृत जानकारी आएको छैन।” उनले पीडितहरूको पहिचान भइरहेको र शवलाई जतिसक्यो चाँडो परिवारको जिम्मा लगाउने तयारी रहेको जानकारी दिए।

उनका अनुसार अहिले पनि उद्धारको काम भइरहेको छ। उद्धारमा १० हेलिकोप्टर, ४० एम्बुलेन्स र १५० कर्मचारी तैनाथ गरिएको बीबीसीले समाचारमा उल्लेख गरेको छ।