काठमाडौँ
००:००:००
११ माघ २०८२, आईतवार

१७ पुष २०८२
प्रतीकात्मक तस्बिर।
अ+
अ-

सुर्खेत। सुर्खेतमा निस्सासिएर एक शिशुको मृत्यु भएको छ। कोइला बालेर सुतिरहेको अवस्थामा ३८ दिनको शिशु प्रतीक्षा बुढाको मृत्यु भएको हो।

गएराति शिशुकी आमा तारा बुढा छोराछोरी र भदैनीसहित कोठामा कोइला बालेर सुतेका थिए। बिहान पौने १० बजे तारा, छोरी प्रतीक्षा र उनकी भदैनी संगम बुढा बेहोस अवस्थामा भेटिएका थिए। सोही कोठामा सुतेका ताराका छोरा प्रकाश भने सामान्य अवस्थामा रहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ।

बेहोस भएका शिशुसहित तीनै जनालाई उपचारका लागि कर्णाली प्रदेश अस्पतालमा लगिएको थियो। अस्पतालमा चिकित्सकले शिशुलाई मृत घोषणा गरे। तारा र उनकी भदैनी संगमको उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी निरीक्षक श्यामप्रकाश यादवले जानकारी दिए।

सुर्खेतको भेरीगंगा नगरपालिका-२ घर भएका उनीहरू वीरेन्द्रनगरमा कोठा भाडामा लिएर बसेका हुन्।