काठमाडौँ
००:००:००
६ माघ २०८२, मंगलवार

१७ पुष २०८२
अ+
अ-

काठमाडौँ। सिरहामा प्रहरीले गाँजा राखिएको गोदाममा छापा मारेको छ।

सिरहाको कर्जन्हा नगरपालिका १०‚ मन्हर्वाको एक घरमा बुधबार छापा मारी गाँजा बरामद गरिएको सिरहा प्रहरी प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक रमेशबहादुर पालले बताए।

इलाका प्रहरी कार्यालय मिर्चैयाबाट खटिएको टोलीले घरभित्र १० वटा जुटको बोरामा राखिएको २१० किलो गाँजा बरामद गरेको पालले बताए। उक्त गाँजा कसले गोदाम गरेको थियो भन्नेबारे प्रहरीले अनुसन्धान गरिरहेको पालले जानकारी दिए।