काठमाडौँ
००:००:००
१८ पुष २०८२, शुक्रबार

१८ पुष २०८२
अ+
अ-

काठमाडौं । बङ्गलादेश प्रिमियर लिग (बीपीएल) अन्तर्गत बिहीबार भएको खेलमा नेपाली लेग स्पिन सन्दीप लामिछाने आवद्ध टिम राजशी वारियर्स सुपर ओभरमा विजयी भएको छ ।

चौथो खेलमा सन्दीपको टिमले रंगपुर राइडर्सलाई सुपर ओभरमा हराएको हो । उक्त रोचक खेलमा सुरुमा ब्याटिङ गर्दै राजशाहीले आठ विकेटको क्षतिमा १५९ रन बनाएको थियो ।

१६० रनको लक्ष्य पछ्याएको रंगपुरले ६ विकेटको क्षतिमा १५९ रन बनाएपछि खेल सुपर ओभरमा धकेलिएको हो ।
सुपर ओभरमा सुरुमा ब्याटिङ गरेको रंगपुरले दुई विकेट गुमाउँदै मात्र ७ रनको चुनौती दिएको थियो । उक्त लक्ष्य राजशाहीले तीन बलमा १० रन बनाउँदै पूरा गरेको हो ।

यो जितसँगै राजशाही चार खेल खेल्दा ६ अंक जोडेर शीर्ष स्थानमा कायम छ । दुई खेलमा एक जित र एक हारको सामना गरेको रंगपुर तालिकाको तेस्रो स्थानमा छ । सुरुको दुई खेलमा प्लेइङ ११ मा परेका सन्दीप लामिछाने भने पछिल्ला खेलमा बेन्चमा छन् । उनले दुई खेलमा तीन विकेट लिएका छ् ।