काठमाडौँ
००:००:००
१८ पुष २०८२, शुक्रबार

१८ पुष २०८२
अ+
अ-

भोजपुर। आम्दानीको भरपर्दो स्रोत बन्दै गएपछि भोजपुरका किसानहरु यतिबेला सुन्तला बिक्रीमा व्यत देखिएका छन्।

भोजपुर जिल्लाका सबै स्थानीय तहमा सुन्तला उत्पादन हुने भए पनि विशेष गरी षडानन्द नगरपालिका, टेम्केमैयुङ गाउँपालिकाको खावा, केराबारी, अन्नपूर्ण, छिनामखु, कोट, गोगने, भोजपुर नगरपालिकाको दावा, बोमिख, पोखरे, हतुवागढी गाउँपालिका र रामप्रसादराई गाउँपालिकामा सुन्तला उत्पादन बढी हुने गर्दछ।

व्यावसायिक रूपमा सुन्तला उत्पादन गर्दै आएका यहाँका किसानले बजार विस्तारसँगै राम्रो मूल्य पाउन थालेपछि आर्थिक रूपमा सबल बन्दै गएका छन्।

सडक पहुँच विस्तार भएपछि स्थानीय बजारमा मात्र सीमित रहेको सुन्तला अहिले विभिन्न जिल्लासम्म पुग्न थालेको छ।

विगतमा यातायात सुविधा नहुँदा स्थानीय बजारमै भरपर्नु परेकोमा अहिले बगानमै ठेकेदार आएर सुन्तला खरिद गर्ने अवस्था बनेको षडानन्द नगरपालिकाका मेयर सुरेन्द्र कुमार उदासले  जानकारी दिए।

अहिले सुन्तलाको मुख्य सिजन हो, मैले पनि सुन्तलाको व्यवसायिक उत्पादन गर्दै आएको छु उनले भने, ‘गाउँभरि सुन्तला बिक्री भइरहेको छ।

मैले यस वर्ष करिब चार देखि पाँच लाख रुपैयाँ बराबरको सुन्तला बिक्री गर्दै आएको छु र अर्को वर्ष सुन्तलाको उत्पादन बढ्ने र आम्दानी समेत बढ्ने मेयर उदासले बताए।