काठमाडौँ। नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक आज बस्दै छ। बैठकमा सहभागी हुन संस्थापन पक्षका नेताहरू पार्टी केन्द्रीय कार्यालय सानेपा पुगेका छन्।
कांग्रेसमा नियमित कि विशेष महाधिवेशन गर्ने भन्ने विषय अहिले पेचिलो बनेको छ। पार्टीका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले विशेष महाधिवेशनको बाटोमा अघि बढेको भन्दै वक्तव्य जारी गरेका थिए।
यही विवाद समाधान गर्न पार्टीका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले कार्यसम्पादन समिति बैठक बोलाएका हुन्। बैठकमा प्रवेश गर्दागर्दै खड्काले पार्टीको विवाद समाधान गर्ने गरी निर्णय आउने बताएका छन्।








