काठमाडौँ
००:००:००
१८ पुष २०८२, शुक्रबार

१८ पुष २०८२
अ+
अ-

काठमाडौं । नेकपा (एमाले)का नेता गोकुल बास्कोटाले नेपाली राजनीतिमा प्रतिशोधमुखी प्रवृत्ति बढ्दै गएकोप्रति चिन्ता व्यक्त गरेका छन्। उनले नेपालमा पाकिस्तान र बंगलादेशमा देखिएको जस्तो बदला–केन्द्रित राजनीतिक संस्कृतिको झल्को देखिन थालेको बताएका हुन्।

सामाजिक सञ्जालमा सक्रिय बास्कोटाले शक्ति मात्रै केन्द्रमा राख्ने राजनीतिले विचार र सिद्धान्त कमजोर बन्दै गएको टिप्पणी गरेका छन्। यही प्रवृत्तिका कारण राजनीति नकारात्मक दिशातर्फ धकेलिँदै गएको उनको भनाइ छ।

फेसबुकमार्फत उनले लेखेका छन्, “लामो समयदेखि पाकिस्तानमा देखिएको र पछिल्लो समय बंगलादेशमा मजबुत हुँदै गएको प्रतिशोधी राजनीति अब नेपाली राजनीतिमा पनि देखिन थालेको छ।” उनले यस्तो अवस्थालाई सत्ता–केन्द्रित सोचको परिणाम भन्दै घृणाले सीमा ननाघोस् र राजनीति हिंसाको बाटोमा नपुगोस् भन्ने अपेक्षा व्यक्त गरेका छन्।