काठमाडौँ
००:००:००
२१ पुष २०८२, सोमबार

१९ पुष २०८२
अ+
अ-

वासिंटन। अमेरिकी उपराष्ट्रपति जेडी भान्सले भेनेजुएलामाथिको आक्रमण र त्यहाँका राष्ट्रपति निकोलस मादुरो नियन्त्रणबारे प्रतिक्रिया दिएका छन्।

एक्समा रहेको एक पोस्टमा भान्सले भने‚ “राष्ट्रपतिले धेरै विकल्पहरू प्रस्ताव गर्नुभयो, तर यस प्रक्रियाभरि ट्रम्प लागुपदार्थको तस्करी बन्द हुनुपर्छ र चोरी भएको तेल संयुक्त राज्य अमेरिकामा फिर्ता गर्नुपर्छ भन्ने कुरामा धेरै स्पष्ट हुनुहुन्थ्यो।”

उनले राष्ट्रपतिले जे बोल्छन् त्यही गर्ने पनि बताएका छन्। “राष्ट्रपति ट्रम्पले जे भन्नुहुन्छ त्यही गर्नुहुन्छ भन्ने कुरा पत्ता लगाउने निकोलस मादुरो पछिल्लो व्यक्ति हुन्‚” भान्सले लेखेका छन्‚ “हाम्रा बहादुर विशेष अपरेसन टोलीका सदस्यहरूलाई बधाई छ जसले साँच्चै सानदार अपरेसन गरे।”

अमेरिकाले भन्यो- मादुरो पक्राउ परे‚ अब भेनेजुएलामा सैन्य कारबाही रोकिन्छ

राष्ट्रपति ट्रम्पले भेनेजुएलामा ठुलो आक्रमणपछि अमेरिकाले राष्ट्रपति निकोलस मादुरोलाई ‘कब्जा’ मा लिएको दाबी गरेका छन्।

अमेरिकी महान्यायाधिवक्ताले घोषणा गरेका छन् कि न्युयोर्कको दक्षिणी जिल्लामा मादुरो र उनकी पत्नीविरुद्ध कानुनी कारबाहीका लागि मुद्दा दायर गरिनेछ।

यो पनि…

अमेरिकाले भेनेजुएलाका राष्ट्रपति मादुरो पक्राउ गरेको छ : ट्रम्प