जनकपुर। सर्लाहीको ईश्वरपुर नगरपालिका २‚ राइटर खोरस्थित सगरमानाथ वन विकास परियोजनामा कार्यरत चौकीदारको हत्या भएको छ। उनको शरीरबाट छुट्टिएको टाउको फेला परेको छ।
जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार प्रहरी निरीक्षक नीतेशकुमार सिंहको कमान्डमा खटिएको टोलीले घटनास्थलदेखि करिब १०० मिटर उत्तरतर्फ झाडीमा आइतबार टाउको फेला पारेको हो। परियोजनामा ज्यालादारीमा कार्यरत वन हेरालु ४७ वर्षीय रामईश्वर महतोको शव हिजो (शनिबार) फेला परेको थियो। शरीर फेला परे पनि टाउको भेटिएको थिएन।
प्रहरीले शनिबारदेखि नै टाउको खोजी जारी राखेका थिए। प्रहरीले एकजना शंकास्पद व्यक्तिलाई पक्राउ गरिएको छ। तालिम प्राप्त कुकुरलाई परिचालन गरेर अनुसन्धान जारी राखेको प्रहरीले जनाएको छ। शनिबार बिहान जंगलमा रुख काटेको आवाज सुनेर त्यसतर्फ गएका महतो दिउँसोसम्म घर नफर्केपछि आफन्त र कार्यालयले खोजी गर्दा शव फेला परेको थियो।