काठमाडौँ
००:००:००
२३ पुष २०८२, बुधबार

२० पुष २०८२
अ+
अ-

काठमाडौँ। प्रधानमन्त्री सुशीला कार्कीका श्रीमान् दुर्गा सुवेदी स्वास्थ्य उपचारका लागि भारत प्रस्थान गरेका छन्।

दिल्लीस्थित अल इन्डिया इन्स्टिच्युट अफ मेडिकल साइन्सेसमा उपचारका लागि उनी आइतबार अपराह्न एयर इन्डियाको नियमित उडानबाट त्यसतर्फ प्रस्थान गरेका हुन्।

महाराजगन्ज स्थित त्रिवि शिक्षण अस्पतालमा गत बिहीबार भर्ना भएका सुवेदीलाई चिकित्सकले रेफर गरेपछि दिल्ली प्रस्थान गरेका हुन्।

पिसाबको संक्रमण, शरीरमा नुनको मात्रा कमी, रिँगाटा लाग्नेलगायत समस्या देखिएपछि उनी थप उपचारका लागि भारत गएका हुन्।