काठमाडौँ
००:००:००
२९ पुष २०८२, मंगलवार

पदको भागबन्डा

कुलमान र बालेन पक्षलाई जोड्न रास्वपाले पदाधिकारीको संख्या बढायो

२० पुष २०८२
अ+
अ-

काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले चार पदाधिकारी थप्ने निर्णय गरेको छ।

केन्द्रीय समिति बैठकले उज्यालो नेपाल र बालेन शाहको टिमबाट चार पदाधिकारी थप्ने निर्णय गरेको हो। जसमा एक महामन्त्री, दुई सह-महामन्त्री र एक सह-प्रवक्ता थप्ने बैठकले निर्णय गरेको प्रवक्ता मनीष झाले जानकारी दिए।

पार्टी एकीकरण एवं विस्तारका क्रममा यसअघिको सम्झौता कार्यान्वयनका लागि विधान संशोधनमा समावेश हुने गरी पदाधिकारीको संख्या थप गर्ने निर्णय भएको उनले बताए।

पार्टीको उपसभापतिमा यसअघि नै कुलमान घिसिङ मनोनीत भइसकेका छन्। बैठकको निर्णयसँगै रास्वपामा अब दुई जना महामन्त्री रहनेछन्। रास्वपाको विधानअनुसार २५ पदाधिकारी हुने व्यवस्था छ।