काठमाडौँ
००:००:००
९ असार २०८३, मंगलवार

२२ पुष २०८२
अ+
अ-

काठमाडौँ। गत २३ र २४ भदौको घटनासम्बन्धी जाँचबुझ आयोगलाई काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) शाहले लिखित जवाफ पठाएका छन्।

आयोगले जेन-जी आन्दोलनबारे जानकारी लिन मेयर बालेनलाई पत्र पठाएको थियो। पत्र पाएपछि उनले मंगलबार लिखित जवाफ पठाएका हुन्।

आयोगका प्रवक्ता विज्ञानराज शर्माले मेयर बालेनले आज (मंगलबार) आयोगलाई लिखित जवाफ पठाएको जानकारी दिए। उनले नेपालन्युजसँग भने‚ “हामीहरूले जवाफ मागेका थियौँ‚ उहाँले आज लिखित जवाफ पठाउनुभयो।”