काठमाडौँ
००:००:००
२५ पुष २०८२, शुक्रबार

२३ पुष २०८२
अ+
अ-

काठमाडौँ। नेपाली कांग्रेसले राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि उम्मेदवार टुङ्गो लगाएको छ।

पार्टी केन्द्रीय कार्यसम्पादन समितिको आज (बुधबार) को बैठकले उम्मेदवार टुङ्गो लगाउँदै त्यसलाई अनुमोदन पनि गरेको छ।

पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार संसदीय समितिको आजैको बैठकले उम्मेदवार मनोनयनको निर्णयलाई कार्यसम्पादन समितिको बैठकले अनुमोदन गरेको हो।

बैठकले आगामी ११ माघमा हुने राष्ट्रिय सभा सदस्य निर्वाचनमा कोसी प्रदेशबाट सुनीलबहादुर थापा (अन्य), मधेस प्रदेशबाट धर्मेन्द्र पासवान (दलित) र रन्जित कर्ण (अपांगता/अल्पसङ्ख्यक), बागमती प्रदेशबाट गीता देवकोटा (महिला), गण्डकी प्रदेशबाट जगत तिमिल्सिनालाई (अन्य) मा उम्मेदवार कायम गरेको छ।

यसैगरी लुम्बिनी प्रदेशबाट वासुदेव जङ्गली (अपाङ्गता/अल्पसङ्ख्यक) र चन्द्रबहादुर केसी (अन्य), कर्णाली प्रदेशबाट ललितजंग शाही (अन्य) र सुदूरपश्चिम प्रदेशबाट खम्मबहादुर खाती (अन्य) लाई उम्मेदवार बनाएको छ।

आजको बैठकमा महामन्त्री गगनकुमार थापा, सह-महामन्त्रीहरू फरमुल्लाह मन्सुर, महेन्द्र यादव, केन्द्रीय सदस्यहरू विजयकुमार गच्छदार, अर्जुननरसिंह केसी, प्रकाशशरण महत र लुम्बिनी प्रदेश सभापति अमरसिंह पुनले समसामयिक विषयमा विचार व्यक्त गरेका थिए।