स्टक मार्केट
सेयर बजारमा बिहीबार ३२८ कम्पनीको ६९ हजार २६१ पटकको कारोबारमा एक करोड ४३ लाख एक हजार ७६० कित्ता सेयर किनबेच भए‚ जसअनुसार चार अर्ब ९० करोड ८० लाख ९४ हजार ९२ रुपैयाँको कारोबार भयो।
काठमाडौँ। साताको अन्तिम कारोबार दिन नेप्से ४.५९ अंकले बढेर सुखद बिदाइ भएको छ। पाँच कारोबार दिनमा यो साता सेयर बजार तीन दिन बढ्यो भने दुई दिन घट्यो।
यो सातामा नेप्से आइतबार र बुधबार घट्यो भने सोमबार‚ मंगलबार र बिहीबार बढ्यो। अघिल्लो दिन (बुधबार) को तुलनामा आज नेप्से ०.१७ प्रतिशतले बढ्दै २‚६४०.५४ विन्दुमा पुगेको छ।
आजको दिनमा सेन्सेटिभ इन्डेक्स पनि ०.९२ अंकले बढेर ४५५.९३ विन्दुमा रोकिएको छ । प्रतिशतका आधारमा यो अघिल्लो दिनको तुलनामा ०.२० प्रतिशतले बढी हो।
सेयर बजारमा बिहीबार ३२८ कम्पनीको ६९ हजार २६१ पटकको कारोबारमा एक करोड ४३ लाख एक हजार ७६० कित्ता सेयर किनबेच भए। जसअनुसार बिहीबार चार अर्ब ९० करोड ८० लाख ९४ हजार ९२ रुपैयाँको कारोबार भयो।
नेप्से आइतबार आइतबार १०.२९ अंकले घटेको थियो भने सोमबार सोमबार २८.७३ अंकले बढेको थियो। मंगलबार पनि ९.९३ विन्दुले बढेको नेप्से बुधबार भने १३.३५ अंकले घटेको थियो। आज भने ४.५९ अंकले बढेर सेयरबजारले सुखद बिदाइ गर्यो।
यसैगरी सेयरबजारमा आइतबार पाँच अर्ब एक करोड ७५ लाख ८७ हजार २९४ रुपैयाँको कारोबार भएकामा सोमबार भने ६ अर्ब ४७ करोड ३७ लाख ३६ हजार ९९ रुपैयाँको कारोबार भएको थियो। यस्तै मंगलबार सात अर्ब १२ करोड ३३ लाख ६५ हजार २९६ रुपैयाँको कारोबार भयो भने (हिजो) बुधबार पाँच अर्ब १७ करोड ५० लाख ९१ हजार ९९१ रुपैयाँको कारोबार भएको थियो। हिजोको तुलनामा आज नेप्से बढे पनि कारोबार रकम भने घटेकै हो।
नेप्सेमा आज १३ समूहका कारोबार भएकामा ६ समूहको सेयरमूल्य घट्यो भने बाँकी सात समूहका भने बढे।

जसअनुसार वाणिज्य बैंक र विकास बैंक समूहको सेयरमूल्य क्रमश: ०.३० र .१८ प्रतिशतले बढ्यो। फाइनान्स समूह भने ०.४४ प्रतिशतले घट्यो।
यसैगरी आज होटेल तथा पर्यटन समूह ०.४०‚ जलविद्युत् ०.३२ प्रतिशतले बढ्यो। लगानी समूह ०.२१ प्रतिशतले घट्यो‚ जीवन बिमा ०.३३ र उत्पादन तथा प्रशोधन समूह ०.४९ प्रतिशतले बढ्यो।
लघुवित्त ०.०४ र म्युचुअल फन्ड समूह ०.१९ प्रतिशतले घट्यो भने निर्जीवन बिमा समूह ०.२६ प्रतिशतले बढ्यो। अन्य समूह ०.०७ प्रतिशत र व्यापार समूह ०.२२ प्रतिशतले घट्यो। नेप्सेमा बिहीबार १२९ कम्पनीको मूल्य बढ्दा ११५ वटाको घट्यो। १५ कम्पनीका सेयरमूल्य भने स्थिर रह्यो।
नेप्सेमा बिहीबार सान्भी इनर्जी लिमिटेडको सेयरमूल्य सबैभन्दा बढी ८.१६ प्रतिशतले उकालो लाग्यो। सान्भीको अन्तिम कारोबार मूल्य प्रतिकित्ता ७९५ रुपैयाँ कायम रह्यो।
यसैगरी सबैभन्दा धेरै सुपर मादी हाइड्रोपावर लिमिटेडका लगानीकर्ताले ३.९० प्रतिशतले सेयरमूल्य गुमाए। सुपर मादीको अन्तिम कारोबार मूल्य प्रतिसेयर ५१८ रुपैयाँ कायम रह्यो।
यस्तै बिहीबार पनि एसवाई प्यानल नेपाल लिमिटेडको सेयर कारोबार सबैभन्दा धेरै भयो। एसवाईको २० करोड ६ लाख ३२ हजार ७६९ रुपैयाँको सेयर किनबेच भयो। एसवाईको कारोबार मंगलबार र बुधबार पनि सबैभन्दा बढी थियो। बिहीबार यसको अन्तिम सेयर मूल्य १२५८ रुपैयाँ कायम रह्यो।