दमौली। तनहुँको शुक्लागण्डकी नगरपालिकास्थित विभिन्न ठाउँमा आज तीनवटा शव फेला परेका छन्।
शुक्लागण्डकी नगरपालिका ५‚ कसेरीस्थित फोहोरमैला प्रशोधन केन्द्रनजिक दुईवटा र सोही वडाको जनकल्याण मावि नजिकको जंगलमा एउटा शव फेला परेको इलाका प्रहरी कार्यालय बेलचौताराले जनाएको छ।
इलाका प्रहरी कार्यालय बेलचौताराका प्रहरी निरीक्षक धननारायण श्रेष्ठका अनुसार फोहोरमैला प्रशोधन केन्द्रनजिक दुई पुरुष र जंगलमा एक महिलाको शव फेला परेको हो। मृतकको पहिचान खुल्न बाँकी रहेको र घटनाबारे अनुसन्धान भइरहेको उनले बताए।