काठमाडौँ
००:००:००
२७ पुष २०८२, आईतवार

२६ पुष २०८२
कुलमान घिसिङ।
अ+
अ-

काठमाडौँ। उज्यालो नेपाल पार्टी (उनेपा) को केन्द्रीय समिति बैठकले पार्टीको अध्यक्षमा कुलमान घिसिङलाई नियुक्त गर्ने निर्णय गरेको छ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँगको एकता तोडिएसँगै आज (शनिबार) बसेको उनेपाको बैठकले अध्यक्षमा घिसिङलाई नियुक्त गर्ने निर्णय गरेको हो।

बैठकपछि पत्रकार सम्मेलन गरी नवनियुक्त अध्यक्ष घिसिङले रास्वपासँग भएको सहमति भङ्ग भएको घोषणा गर्दै अब आफ्नो छुट्टै पार्टीको चुनाव चिह्न लिएर प्रतिनिधिसभाको निर्वाचनमा सहभागी हुने बताए।

उनले भने‚ “हाम्रो पार्टीलाई पदका लागि मोलमालाई गर्‍यौँ भन्ने आरोप लागेको छ, यो गलत छ। यसअघि म वरीयता क्रममा तल रहेर उपाध्यक्ष पदमा बसेको थिएँ। समावेशिता, सङ्घीयता लगायतको विषयमा पूरक सम्झौता नभएपछि एकता तोडिएको हो।”

यो पनि…

कुलमान घिसिङले भने- रास्वपामा सहमतिअनुसारको व्यवहार भएन

अध्यक्ष घिसिङले आजै उज्यालो नेपाल पार्टीको सदस्यता लिएको जानकारी दिए। उनले भने‚ “आजै बसेको केन्द्रीय कमिटीको बैठकले अध्यक्षमा चयन गरेको छ। उनेपालाई आगामी दिनमा मेरो नेतृत्वमा देशव्यापी अभियानअन्तर्गत प्रभावकारी रूपमा चुनावी गतिविधिलाई अगाडि बढाउनेछु।”