काठमाडौँ
००:००:००
२७ पुष २०८२, आईतवार

२६ पुष २०८२
अ+
अ-

काठमाडौँ। पूर्वराजा ज्ञानेन्द्र शाहले नारायणहिटी दरबारबाट बाहिरिएको दुई दशक बित्दा पनि देशले सामना गरिरहेको संकटले चिन्तित तुल्याएको बताएका छन्। राष्ट्र निर्माता पृथ्वीनारायण शाहको ३०४औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको पूर्वसन्ध्यामा शनिबार भिडिओ वक्तव्य जारी गर्दै शाहले अहिले देश नै नबच्ने हो कि भन्ने निरासा पैदा भएको बताए।

“नारायणहिटी दरबारबाट बाहिरिएको दुई दशक बित्दा पनि देशले सामना गरिरहनु परेको संकटले हामीलाई चिन्तित बनाएको छ‚” उनले भनेका छन्‚ “हिजो देश नबनकामा चिन्ता थियो। आज देश नै नबच्ने हो कि निराशा पैदा भएको छ।” दुई दशकअघि शान्ति ल्याउँछौँ, आर्थिक प्रगतितर्फ देशलाई लैजान्छौँ र स्थायित्व दिन्छौँ भनेर सत्तामा पुगेका दलहरूको चाहना अनुसार श्रीपेच र राजदण्ड बुझाएर सहयोगी नियतका साथ राजकाजबाट बाहिर रहेको स्मरण गराएका छन्। उनले भनेका छन्‚ “हामीले श्रीपेच र राजदण्ड जनताको नासो जनताकै सरक्षित संरक्षणमा बुझाई सहयोगी नियतका साथ राजकाजबाट बाहिरै रहेको सर्वविदितै छ। यो दायित्वबाट पलायन वा निषेधित राजनीतिका निम्ति कमजोरीको अनुमोदन थिएन। न त यो भावना आमजनतामा नै थियो।”

शाहले देश भाषण अनि जादु वा चमत्कारले बनेको होइन र बन्दैन भनेका छन्। उनले सबै जात धर्म र क्षेत्रका नेपालीको साझा प्रततिनिधिको रूपमा काम गरेको राजसंस्था जनताले सुम्पेको जिम्मेवारीबाट विमुख हुन नसक्ने बताएका छन्। “सबै नेपालीले यो कर्तव्यबोध गरी पृथ्वीपथमा लाग्नुपर्दछ भन्ने हाम्रो धारणा र आह्वान छ‚” उनले वक्तव्यमा भनेका छन्।

राष्ट्र निर्माता पृथ्वीनारायण शाहले मुलुक राजाको मात्रै नभएर जनता र राजाको समान स्वामित्वको देश हो भन्ने सन्देश उनले सम्झेका छन्।
उनले पृथ्वीनारायण शाहले दिएको दिव्यउपदेश र बौद्धिक दैष्टिकोणको महत्त्व बढ्दै गएको बताएका छन्। कतिपय देशले स्वार्थको लागि कुनै न कुनै सुरक्षाकवच खोजिरहेको उनले बताए। “हाम्रो देशको सही छहारी शान्तिको कवच हुनैपर्दछ‚” उनले भने।

नेपाल निर्माणमा मार्गदर्शी र सेनापति पृथ्वीनारायण शाहको विरासत र वंशका प्रतिनिधिका रूपमा आफ्नो भूमिका स्पष्ट रहेको शाहले बताए। “जनता र राजाले एकीकरण गरेर निर्माण गरेर निर्माण गरेको नेपाल राष्ट्रको समग्र हितलाई आत्मसात गर्दै सबल राष्ट्र बनाउने महान कार्यमा सबैलाई जुटाऔं‚ नेपाललाई फेरि उठाऔँ‚” शाहले भनेका छन्।