काठमाडौँ। आगामी २१ फागुनमा हुने प्रतिनिधिसभाको निर्वाचनका लागि समानुपातिक उम्मेदवारले सोमबार साँझ ४ बजेसम्ममा उम्मेदवारी फिर्ता लिन सक्नेछन्।
निर्वाचन आयोगले आज (आइतबार) सूचना जारी गरी प्रतिनिधिसभा सदस्य निर्वाचनमा राजनीतिक दलहरूबाट यही १३ र १४ पुसमा पेस भएको बन्दसूचीका सम्बन्धमा आयोगबाट स्वीकृत कार्यक्रमबमोजिम सम्बन्धित उम्मेदवारले उम्मेदवारी फिर्ता लिन सक्ने जनाएको हो।
यो पनि…
मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतलाई प्रशिक्षण‚ कहाँ-कहाँ हुँदै छ?
हरिहरभवनस्थित समानुपातिक निर्वाचन अधिकृतको कार्यालय निर्वाचन आयोगमा सोमबार बिहान १० देखि ४ बजेसम्म उम्मेदवारी फिर्ता लिन सकिने आयोगले जनाएको छ।