काठमाडौँ। नेपाली कांग्रेसका नेता गोपालमान श्रेष्ठले मुलुकको वर्तमान अवस्था संवेदनशील रहेको उल्लेख गर्दै पार्टीभन्दा माथि उठेर राष्ट्रिय हितका पक्षमा सबै लाग्नुपर्ने बताएका छन्।
कांग्रेसका विशेष महाधिवेशन पक्षधरको आह्वानमा आज (आइतबार) देखि भृकुटीमण्डपमा जारी विशेष महाधिवेशनको उद्घाटन सत्रमा उनले पार्टी विधानले चल्नुपर्ने र कसैले हठ गर्न नहुने बताए। उनले विशेष महाधिवेशन पार्टीको विधानअनुसार भएको दाबी गर्दै मुलुकको वर्तमान राजनीतिको भावनाअनुसार पार्टीको नेतृत्व युवाको काँधमा आएको उल्लेख गरे।
काठमाडौँ कांग्रेसका सभापति कृष्ण (सबुज) बानियाँको अध्यक्षतामा सञ्चालन भएको उद्घाटन सत्रमा कांग्रेस लुम्बिनी प्रदेशका सभापति अमरसिंह पुन र गण्डकी प्रदेश सभापति शुक्रराज शर्मा तथा कांग्रेस काभ्रेका सभापति तीर्थ लामा, बैतडीका सभापति चतुरबहादुर चन्द र ललितपुरका सभापति जितेन्द्र श्रेष्ठलगायत नेताले जेन-जी आन्दोलनपछि विकसित राजनीतिक सन्दर्भ र पार्टीभित्रको परिवर्तित चाहनाअनुरूप विधानसम्मत विशेष महाधिवेशन भएको स्पष्ट गरे।
यो पनि…
कांग्रेसको अठोट सद्भाव, सुशासन र समुन्नति हो : महामन्त्री शर्मा