काठमाडौँ। नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशन भृकुटीमण्डपमा चलिरहेको छ।
आइतबार सुरु भएको विशेष महाधिवेशनको महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले पानसमा बत्ती बालेर उद्घाटन गरे। प्रमुख अथितिका रूपमा पार्टी सभापति शेरबहादुर देउवालाई बोलाइएको थियो। देउवा र कार्यवाहक सभापति पूर्णबहादुर खड्का महाधिवेशनमा सहभागी नबनेपछि महामन्त्रीद्वयले उद्घाटन गरे।
उद्घाटनअघि कांग्रेसका नेता-कार्यकर्ता र प्रतिनिधिहरू काठमाडौँ‚ भक्तपुर र ललितपुरका विभिन्न स्थानमा भेला भई र्यालीसहित महाधिवेशनस्थल पुगेका थिए। महाधिवेशनमा संस्थापन पक्षधर कतिपय नेताहरू पनि सहभागी भएका छन् ।
यो पनि…
हेरौँ महाधिवेशनमा को-को नेता पुगे थप तस्बिर :
