काठमाडौँ
००:००:००
२८ पुष २०८२, सोमबार

२८ पुष २०८२
नेपाली कांग्रेसको विशेष महाधिवेशनमा नेताहरू। तस्बिर : नेपाल फोटो लाइब्रेरी
अ+
अ-

काठमाडौँ । काठमाडौँको भृकुटीमण्डपमा आइतबारदेखि जारी नेपाली काँग्रेसको विशेष महाधिवेशनको बन्द सत्र आज हुँदै छ।बन्द सत्र बिहान १० बजेदेखि शुरु हुनेछ । यसअघि बिहान ८ बजेदेखि हुने भनिए पनि महाधिवेशन प्रतिनिधिको दर्ता गर्ने क्रम बाँकी रहेको र खाजाको समय पनि छुट्टाइएकाले दुई घण्टा ढिला गरी बन्द सत्र हुन लागेको हो

आइतबार बेलुकी ९ बजेसम्म २ हजार ६६२ महाधिवेशन प्रतिनिधिले नाम दर्ता गराइसकेको बताइएको छ। कुल प्रतिनिधिमध्ये ५६.१२ प्रतिशत प्रतिनिधि महाधिवेशनमा सहभागी भएको महाधिवेशन पक्षधरको दाबी छ।