काठमाडौँ। नेपाली कांग्रेसको विशेष महाधिवेशन पक्षधरद्वारा आयोजित महाधिवेशनको बन्दसत्र भोलि (मंगलबार) सम्मका लागि लम्बिएको छ।
मंगलबार बिहान ९ बजेदेखि बन्दसत्र पुनः सुरु हुने र निर्वाचन प्रक्रिया अगाडि बढाइने विशेष महाधिवेशन प्रचारप्रसार समिति संयोजक सुवास पोखरेलले आज (सोमबार) पत्रकार सम्मेलनमा जानकारी दिए।
कांग्रेसका महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले प्रस्तुत गरेको प्रतिवेदनमाथि बन्दसत्रमा छलफल जारी रहेको र नीतिगत निर्णयपछि निर्वाचन प्रक्रिया अगाडि बढाइने उनले बताए।
दुई प्रतिवेदनमाथि समूहगत छलफल जारी रहेकाले मंगलबार प्रत्येक समूहले निष्कर्ष सुनाउने कार्यक्रम छ। “पहिले नेता छानेर नीति बनाउँथ्यौँ, हाल नीति बनाएर नेता छान्छौँ। सोहीअनुसार प्रक्रिया अगाडि बढेको छ‚” संयोजक पोखरेलले भने।
उनले महाधिवेशन प्रतिनिधिले विशेष महाधिवेशनका लागि नाम दर्ता गर्ने सङ्ख्या बढेको र हालसम्म ६३ प्रतिशत पुगेको जानकारी दिए।
यो पनि…
कांग्रेसको विशेष महाधिवेशन लम्बियो, महामन्त्रीका प्रतिवेदनमाथि छलफल जारी