सिन्धुली। सिन्धुलीको तीनपाटन गाउँपालिका ३‚ कोल्वोटेकी ५३ वर्षीया टंकमाया बुढाथोकीको हत्यामा संलग्न रहेको अभियोगमा दुई जनालाई पक्राउ गरिएको छ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक लालध्वज सुवेदीका अनुसार यही ८ पुसको राति बुढाथोकीको हत्या भएको थियो। घटनामा संलग्न रहेको अभियोगमा तीनपाटन गाउँपालिका ३ का ३० वर्षीय दीपक भन्ने शान्तिबहादुर बुढाथोकी र २९ वर्षीय चुक्तबहादुर कटुवाललाई पक्राउ गरिएको हो।
जिल्ला अदालतबाट पाँच दिनको म्याद थप लिई थप अनुसन्धान अगाडि बढाइएको आज आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको हो।