काठमाडौँ
००:००:००
४ माघ २०८२, आईतवार

४ माघ २०८२
प्रतीकात्मक तस्बिर।
अ+
अ-

सुनसरी। सुनसरीको धरान उपमहानगरपालिका १३‚ जिरो पोइन्टमा बस दुर्घटना भएको छ। दुर्घटनामा पाँच जनाको मृत्यु भएको छ। अन्य १३ जना घाइते भएका छन्।

धनकुटाबाट धरानतर्फ आउँदै गरेको को.१ख ७११९ नम्बरको यात्रुवाहक बस आइतबार दिउँसो साढे ४ बजे दुर्घटना हुँदा एक बच्चासहित पाँच जनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता चन्द्र खड्काले जानकारी दिए।

प्रहरीका अनुसार मृतकको पहिचान खुलेको छैन। दुर्घटनाको कारण र घटनासम्बन्धी थप विवरण आउन बाँकी छ।