काठमाडौँ
००:००:००
४ माघ २०८२, आईतवार

४ माघ २०८२
अ+
अ-

काठमाडौँ। नेपाली कांग्रेसका नेता शेखर कोइरालाले आफू मध्यमार्गी भएकाले पार्टीभित्र दबाब झेलिरहेको बताएका छन्। उनले भने‚ “मध्यमार्ग र सत्यको बाटो गाह्रो र अप्ठ्यारो हुन्छ तर जित उसैको हुन्छ। म सत्यको बाटो हिँडिरहेको छु। यसबाट विचलित हुन्न।”

कोइरालाले पार्टीलाई अतिवादले गाँजेको भन्दै आफू कुनै पनि अतिवादको घेरामा नपरी मध्यममार्गी बाटोबाट बिचलित नहुने बताए।

पार्टीको कठिन अवस्थामा कोइरालाले मध्यमार्गी भूमिका निर्वाह गरी पार्टीलाई संकटबाट जोगाउनुपर्नेमा जोड दिएका थिए।

काठमाडौँमा आज (आइतबार) आयोजित कार्यकर्ता भेलामा उनले २१ फागुनमा हुने निर्वाचनमा सहभागी हुने बताए। कोइरालाले देश र लोकतन्त्र संकटमा रहेकाले निर्वाचनमा जानुको विकल्प नरहेको जानकारी दिए। उनले नेता कार्यकर्तालाई पनि सहभागी हुन आह्वान गरे।

कोइरालाले भने, “निर्वाचन सहजता लागि ६ माघको मनोनयनको मिति सार्न निर्वाचन आयोगलाई अनुरोध गरेको जानकारी दिए। साथै सरकारले निर्वाचनको वातावरण बनाएर सुरक्षाको ग्यारेन्टी गर्नुपर्नेमा हालसम्म त्यसको प्रत्याभूति नभएको बताए।

पार्टीमा देखिएको विवादको विषय अदालत प्रवेश गरिसकेकोले आफूलाई अदालतको निर्णय मान्ने हुनेसमेत उनको भनाइ छ। उनले नेता/कार्यकर्तालाई निर्वाचनसँगै १५औँ महाधिवेशन को तयारी गर्न र तयारीमा लाग्न निर्देशनसमेत दिए।

भेलामा सुझाव दिने क्रममा जिल्लाका नेता तथा कार्यकर्ताहरुले निर्वाचन आयोगले अन्याय गरे पनि अदालतले न्याय गर्नेमा विश्वास रहेको जनाएका थिए। यस्तै छलफलमा बोल्ने नेताहरूले पार्टीको १५औँ महाधिवेशन अन्योलता रहेको र त्यसको सुनिश्चितता हुनुपर्नेमा जोड दिएका थिए। साथै तोकिएको मितिमा निर्वाचन हुनेमा ढुक्क हुने अवस्था नभएको पनि धारणा राखेका थिए।

यो पनि…

उम्मेदवार छनोटमा सहभागी बन्दै शेखर समूह निर्वाचनमा जाने