काठमाडौँ
००:००:००
४ माघ २०८२, आईतवार

४ माघ २०८२
अ+
अ-

काठमाडौँ। नेपाली कांग्रेसका नेता शेखर कोइराला समूह प्रतिनिधिसभा निर्वाचनको उम्मेदवार प्रक्रियामा सामेल हुँदै निर्वाचनमा जाने भएको छ।

कोइराला समूहको बत्तीसपुतलीमा आइतबार भएको भेलामा कोइरालाले उम्मेदवार छनोटमा सहभागी बन्दै पार्टीका नेतालाई विजयी गराउन लाग्ने घोषणा गरे। “उम्मेदवार चयनको प्रक्रियामा सहभागी बन्न र उम्मेदवारलाई विजयी गर्न लाग्नुहुन म अनुरोध गर्छु,” कोइरालाले भने, “उम्मेदवारलाई विजयी गराउन अग्रणी भूमिका खेल्छु।”

उनले विशेष महाधिवेशनबाट स्थापित नेतृत्वको विषय अदालतमा गएको र अदालतको निर्णय जे आउँछ त्यसलाई स्वीकार गर्ने बताए। उनले उम्मेदवार मनोनयनको प्रक्रिया समय एकदमै कम भएको भन्दै आयोगसँग मनोनयनको समय थप माग्नेबारे छलफल भइरहेको बताए। “छलफल हुँदै छ, कहाँसम्म पुगिन्छ भन्न सकिँदैन,” उनले भने।

कोइरालाले आइतबार आफूपक्षीय भेला राखेका थिए। भेलामा सहभागी अधिकांशले चुनावमा जानुपर्ने धारणा राखेका थिए। कोइरालाले निर्वाचनमा सहभागी बन्दै पन्ध्रौँ नियमित महाधिवेशनको तयारी थाल्न निर्देशन दिए।

विशेष महाधिवेशनबाट गगन थापा नेतृत्वमा कांग्रेस गठन भइसकेको छ। उसले प्रतिनिधिसभाका लागि निवर्तमान कार्यसमितिले बुझाएको समानुपातिक सूची ग्रहण गर्दै प्रत्यक्षतर्फको उम्मेदवार छनोटसमेत निष्पक्ष ढंगले सबै पक्षलाई समेटेर गर्ने बताएको छ।

यो पनि…

शेखर समूहका रामनाथ भन्छन्- विशेष महाधिवेशनले गगन नेतृत्वमा परिपक्व परिणाम दियो