काठमाडौँ
००:००:००
२७ माघ २०८२, मंगलवार

दल-बदल

५ माघ २०८२
अ+
अ-

काठमाडौँ। तत्कालीन नेकपा माओवादी केन्द्रका मधेस प्रदेशसभा सदस्य रहबर अन्सारी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा प्रवेश गरेका छन्।

जनकपुरमा आयोजित रास्वपाको परिवर्तन उद्घोष सभा कार्यक्रममा अन्सारीले औपचारिक रूपमा पार्टी प्रवेश गरेका हुन्।

उनले आगामी २१ फागुनको निर्वाचनमा रास्वपाबाट बारा ४ मा प्रत्यक्षतर्फ उम्मेदवारी दिने तयारीमा छन्। अन्सारीले एक महिनाअघि मात्रै माओवादीबाट राजीनामाको घोषणा गरेका थिए।