काठमाडौं। स्थानीय बजारमा आज सुनचाँदीको मूल्य घटेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य प्रतितोला दुई हजार नौ सय रुपैयाँले घटेर दुई लाख ९२ हजार दुई सय रुपैयाँ कायम भएको छ। बुधबार सुनको मूल्य प्रतितोला दुई लाख ९५ हजार १०० रुपैयाँ पुगेर नयाँ रेकर्ड कायम भएको थियो।