तीनै जना उम्मेदवारको एकसाथ उपस्थितिले इलाम बजारको राजनीतिक वातावरण थप सक्रिय बनेको छ। उनीहरूले बजार क्षेत्रमा पैदल यात्रा गर्दै स्थानीय बासिन्दासँग प्रत्यक्ष भेटघाट, छलफल र चुनावी सन्देश आदान–प्रदान गरेका छन्।
रास्वपाले भ्रष्टाचारविरुद्धको अभियान, सुशासनको स्थापना, युवाको सक्रिय सहभागिता र पुरानो राजनीतिक संस्कारको अन्त्यलाई आफ्नो प्रमुख एजेन्डाका रूपमा अघि सारेको छ। पूर्वी पहाडी जिल्लाहरूमा संगठन सुदृढ गर्ने लक्ष्यसहित पार्टीले अभियान तीव्र पारेको देखिन्छ। बालेन शाहको उपस्थितिले इलाममा रास्वपाप्रति जनउत्साह बढेको स्थानीयहरूको भनाइ छ।




