काठमाडौँ
००:००:००
३१ जेष्ठ २०८३, आईतवार

८ माघ २०८२
प्रतीकात्मक तस्बिर।
अ+
अ-

काठमाडौँ। सिन्धुली घ्याङलेख गाउँपालिका-२ बस्तीपुरस्थित नेपाल एसबीआई बैंकको शाखा कार्यालयबाट नगद लुटपाट गरेको घटनामा थप एक जना पक्राउ परेका छन्।

सिन्धुली प्रहरी प्रमुख प्रहरी उपरीक्षक लालध्वज सुवेदीका अनुसार पक्राउ पर्नेमा घ्याङलेख गाउँपालिका-२ का ५३ वर्षीय ज्ञानबहादुर भ्लोन तामाङ रहेका छन्। तामाङलाई प्रहरीले बुधबार काठमाडौँ कीर्तिपुर नगरपालिका-७ लप्सीबोटबाट पक्राउ गरिएको सुवेदीले बताए।

२९ पुसमा एसबीआई बैंकको शाखा कार्यालयबाट ३ करोड १० लाख ९५ हजार २८३ रुपैयाँ लुटपाट भएको थियो। उक्त घटनामा यसअघि सात जना पक्राउ परेका थिए। पक्राउ परेका भ्लोनलाई चोरी तथा लुटपाट सम्बन्धी कसुरमा हिरासतमा राखेर अनुसन्धान थालिएको छ।

उक्त दिन नकावधारी समूहले नक्कली पेस्तोल देखाएर बैंकमा लुटपाट मच्चाएका थिए। लुटिएकोमध्ये दुई करोड ६८ लाख ५५ हजार १७५ रुपैयाँ बरामद भइसकेको छ। बैंक लुट्ने योजनाकार बैंक भाडामा बसेको घरका धनी छविलाल स्याङतान र चतुरमान बज्यू रहेको खुलेको थियो। दुबै जना पक्राउ परिसकेका छन्।