काठमाडौँ
००:००:००
९ माघ २०८२, शुक्रबार

९ माघ २०८२
अ+
अ-

काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट निर्वाचित पदाधिकारीले शुक्रबार पदबहाली गर्ने भएका छन्। दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय, सानेपामा बदबहाली गर्ने कार्यक्रम रहेको छ ।

सभापति गगन थापाको सचिवालयका अनुसार पदाधिकारी र केन्द्रीय सदस्यले पदबहाली गरे लगत्तै केन्द्रीय कार्यसमितिको बैठक बस्नेछ ।

सभापति थापाको सचिवालयले भनेको छ, ‘नेपाली कांग्रेसका नवनिर्वाचित सभापति गगनकुमार थापा लगायत सबै पदाधिकारी तथा केन्द्रीय सदस्यहरूले आज दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा पदबहाली गर्ने र केन्द्रीय समितिको बैठक बस्ने भएकाले सबै पत्रकार मित्रहरूलाई उपस्थितिका लागि हार्दिक अनुरोध गर्दछौँ।’