काठमाडौँ
००:००:००
३१ जेष्ठ २०८३, आईतवार

१० माघ २०८२
तस्बिर : एमाले अध्यक्ष केपी ओलीको सचिवालय
अ+
अ-

काठमाडौँ। जनता समाजवादी पार्टी नेपालका केन्द्रीय सदस्य तथा सेयर कारोबारी दीपेन्द्र अग्रवालसहित २१ सय जना नेकपा एमालेमा प्रवेश गरेका छन्।

ललितपुरको च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा आज (शनिबार) आयोजित कार्यक्रममा पार्टी अध्यक्ष केपी ओलीले उनीहरूलाई खादा र टीका लगाएर पार्टी प्रवेश गराए।

सेयर कारोबारी दीपेन्द्र अग्रवाल। तस्बिर : एमाले अध्यक्ष केपी ओलीको सचिवालय

त्यस अवसरमा धितोपत्र व्यवसायी दीपेन्द्र अग्रवालसहित व्यवसायीहरू सुरेन्द्र शाही‚ खगेन्द्र थापा‚ पदम साउद‚ अशोक साउदसहितका युवा एमालेमा प्रवेश गरे। -रासस