१० माघ २०८२
अ+
अ-

गाजा। मानवअधिकारका लागि संयुक्त राष्ट्रसंघीय उच्चायुक्तको कार्यालयले इजरायली आक्रमणका कारण गाजामा नागरिकको हत्या निरन्तर जारी रहने चेतावनी दिएको छ।

कार्यालयले युद्धविरामपछि पनि हिंसाको ग्राफ बढ्दै गएको र दुई वर्षदेखि जारी विनाशको गहिरो प्रभाव कायमै रहेको जनाएको छ। विज्ञप्ति जारी गर्दै उच्चायुक्तको कार्यालयका निर्देशक अजित सुङ्गाईले रक्तपात रोक्न तथा पुन:स्थापना र पुनर्निर्माणका लागि मानवअधिकारमा आधारित दृष्टिकोण अपनाउन अन्तर्राष्ट्रिय समुदायले समर्थन र दबाब बढाउनुपर्नेमा जोड दिएका छन्।

उनले गाजाको संकट अन्त्य हुन नसकेको उल्लेख गर्दै इजरायली आक्रमण तथा मानवीय सहायता प्रवेशमा लगाइएका प्रतिबन्धका कारण दैनिक रूपमा मानिसहरू ज्यान गुमाइरहेको चेतावनी दिए ।

उच्चायुक्तको कार्यालयका अनुसार २१ जनवरीसम्म युद्धविरामपछि २१६ प्यालेस्टिनी मारिएका छन्। तीमध्ये ४६ बालबालिका र २८ महिला रहेको पुष्टि गरिएको छ।