काठमाडौँ
००:००:००
११ माघ २०८२, आईतवार

११ माघ २०८२
अ+
अ-

दाङ। राष्ट्रिय सभा निर्वाचनमा लुम्बिनी प्रदेशबाट नेपाली कांग्रेस र नेकपा एमालेका उम्मेदवारहरू विजयी भएका छन्। महिलातर्फ एमालेकी रामकुमारी झाँक्री‚ अन्यतर्फ कांग्रेसका चन्द्रबहादुर केसी र अपाङ्ग/अल्पसङ्ख्यक कोटामा वासुदेव घिमिरे विजयी भएका हुन्।

महिलातर्फ एमालेकी झाँक्री ६ हजार ३०३ मतभारसहित विजयी भइन्। उनकी निकटम प्रतिस्पर्धी नेपाली कम्युनिस्ट पार्टी (नेकपा) की दुर्गाकुमारी भण्डारीले एक हजार ३६२ मत तथा राष्ट्रिय जनमोर्चाकी पद्मा पण्डितले १५२ मतभार प्राप्त गरे।

यसैगरी अन्यतर्फ कांग्रेसका केसी पाँच हजार ९७७ मतभारसहित विजयी भए। उनका निकटतम प्रतिस्पर्धी नेकपाका बृहस्पति अधिकारीले एक हजार ८३२ मतभार प्राप्त गरे। यस्तै राष्ट्रिय जनमोर्चाका बमबहादुर खत्रीले १३३ मतभार पाए। यस्तै अपाङ्ग/अल्पसङ्ख्यकतर्फ कांग्रेसका घिमिरेले ६ हजार ३२२ मतभारसहित विजयी भए। उनका प्रतिस्पर्धी नेकपाका सर्जन विकले एक हजार ६०१ मतभार पाए।

निर्वाचनमा प्रदेशसभातर्फ ७८ र स्थानीयतहतर्फ २०८ मत खसेको थियो। जसमा प्रदेशसभातर्फ महिला ३० र पुरुष ४८ मत खसेको थियो। जम्मा प्रदेशसभातर्फ ८३ मतमा पाँचजना र स्थानीय तहतर्फ २१७ मतदातामध्ये नौजना अनुपस्थित रहे।

यो पनि…

को-हुन् कोसीबाट राष्ट्रिय सभामा निर्वाचित तीन अनुहार?