जनकपुरधाम । नेपाली कांग्रेसले माघ १६ गते जनकपुरधाममा आयोजना गर्ने भनिएको मधेश प्रदेशस्तरीय चुनावी सभा स्थगित गरेको छ।
मधेश प्रदेश प्रचार विभाग प्रमुख नितेशकुमार गुप्ताका अनुसार निर्वाचन आयोगको निर्देशन र निर्वाचन आचारसंहिताको पूर्ण पालना गर्ने उद्देश्यले उक्त कार्यक्रम स्थगन गर्ने निर्णय लिइएको हो।
उनले बदलिएको परिस्थितिअनुसार सभा आयोजना गर्ने नयाँ मिति र कार्यक्रम तालिका पछि सार्वजनिक गरिने जानकारी दिए। नेपाली कांग्रेस लोकतान्त्रिक मूल्य–मान्यता तथा प्रचलित कानुनी व्यवस्थाप्रति प्रतिबद्ध रहेको उल्लेख गर्दै आयोगको निर्णयलाई पूर्ण सम्मान गरिएको गुप्ताले बताए।